सबै प्रकारका अतिरिक्त भत्ता खारेज गर्ने सरकारको घोषणा

काठमाडौँ।

सरकारले आगामी आर्थिक वर्षदेखि  सबै प्रकारका स्र्प्का प्रोत्साहन, अतिरिक्त समय भत्तालगायतका भत्ता खारेज गरेको छ।

आर्थिक मितव्ययिता अपनाउन र अनावश्यक खर्च कटौती गर्न भन्दै सरकारले कर्मचारीलाई प्रदान गरिने अतिरिक्त र प्रोत्साहन भत्ता खारेज गर्ने घोषणा गरेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सो घोषणा गर्नुभएको हो।

कार्यालयीय कामको प्रकृति अनुसार सरकारले विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीलाई अतिरिक्त समय भत्ता र प्रोत्साहन भत्ता प्रदान गर्दै आएको बताउनुभयो। अहिले सबै कर्मचारीले महँगी भत्ता पाउँदै आएका छन् भने बैठक भत्ता, रात्रिकालीन भत्ता, विस्तारित सेवा भत्तालगायतका भत्ता भने कामको प्रकृति अनुसार पाउने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *