पातिचौर सामूदायिक खानेपानि उपभोक्ता समितिको भेला ,आयव्यय, सम्मान कार्यक्रम सम्पन्न भएको छ । पातिचौर सामूदायीक खानेपानिको निर्माण कार्यका लागि विभिन्न कोष मार्फत मर्मत तथा शुद्ध खानेपानिका लागी बजेट विनियोजन भएको थियो । पहिलो चरणमा राष्ट्रिय पुनः निर्माण मार्फत सात लाख तेत्तिस हजार तीन सय पौँतीस रुपैँया(७,३३३३५), दोस्रो चरणमा मोदी गाँउपालिका वडा नं २ देउपुर मार्फत पाँच लाख छेहत्तर हजार चार सय चौरत्तर रुपैँया (५७६४७४) तेस्रो चरणमा गण्डकी प्रदेश सांसद कोष मार्फत छ लाख अड्तिस हजार चार सय सतत्तर रुपैँया (६३८४७७) रकम उपलब्ध भएको र अन्य रकम समितिको कोषबाट खर्च गरी सबै जसो कामहरु पुरा भएको पातिचौर सामूदायीक खानेपानि उपभोक्ता समितिका सचिव देवराज गिरीले बताउनुभयो । खानेपानि उपभोक्ता समिति भेला, आयव्यय सम्मान कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननिय सांसद ललित कला गुरुङले पानि हर प्राणीको लागि निकै आवश्यक रहेको हुदा पहिलो प्रथामीकतामा शुद्ध खानेपानी आजको आवश्यकता रहेको बताउदै सम्पुर्ण पातिचौर बासीका लागि आफुले शुद्ध खानेपानीका लागि सधै पहल गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा गण्डकी प्रदेशका माननिय सांसद ललित कला गुरुङ ,मोदी गाँउपालिकाका निवर्तमान अध्यक्ष प्रेम शर्मा पौडेल , मोदी गाँउपालिका वडा नं २ देउपुरका निवर्तमान अध्यक्ष विकास तिमिल्सिनालाई सम्मान गरीएको हो । पातिचौर सामूदायिक खानेपानि उपभोक्ता समिति मार्फत झण्डै दुई सय घर परीवार लाभान्वित भएका छन ।