पर्वत ।
जिल्लाको मोदी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा पठनपाठन भोलि आइतबार देखि पूर्ववत रुपमा सुचारु हुने गाउँ पालिकाले जनाएको छ ।
मोदी गाउँपालिकाले मुलुकका विभिन्न भागमा मिति २०८० साल भाद्र २३ र २४ गते भएका प्रदर्शनहरुको क्रममा ज्यान गुमाउनु भएका विद्यार्थीहरु, जेन जी पुस्ताका युवाहरु तथा सुरक्षाकर्मीहरु श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पूरीद्वारा आज शनिबार जारी गरिएको सूचनामा राष्ट्रको यस विषम घडिमा उच्च मनोवलका साथ जेनजी पुस्ताको मनोभावना लाई आत्मसात गर्दै नागरिकको सेवामा समर्पित हुँदै क्षति भएका संरचनाहरुको पुनर्निर्माण एवं नव निर्माणमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
साथै यस विषम घडिमा सेवा प्रवाह र विद्यालयहरुको पठनपाठन लाई सहज र भयरहित वातावरणमा सुचारु गर्ने वातावरण निर्माण गरिदिन क्रियाशिल राजनितिक दलहरु, समाजका लब्धप्रतिष्ठित भद्रभलादमी, विभिन्न सक्रिय संघ संस्थाहरु एवं मोदीवासी सबैमा गाउँ पालिकाले अपिल समेत गरेको छ ।
