मोदी गाउँपालिका स्तरीय कक्षा–८ परीक्षा सम्पन्न 

पर्वत ।

मोदी गाउँपालिकाको आयोजनामा सञ्चालित आधारभूत शिक्षा (कक्षा–८) परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ।  चैत १ गतेदेखि ७ गतेसम्म नवजागृत बहुमुखी क्याम्पस, डिमुवामा परीक्षा सञ्चालन गरिएको थियो।

उक्त परीक्षा मर्यादित र व्यवस्थित ढंगबाट सम्पन्न भएको शिक्षा अधिकृत प्रकाश क्षेत्रीले जानकारी दिनु भयो । परीक्षामा गाउँपालिकाभित्रका २१ वटा विद्यालयबाट कुल २७८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।सो परीक्षा सञ्चालनका लागि गाउँ पालिकाका कर्मचारीहरू परिचालन गरिएको थियो ।

गत वर्ष देखि गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कक्षा ८ को  परीक्षा एउटै केन्द्र बनाएर  सञ्चालन गर्दै आएको  गाउँपालिकाले जनाएको  छ। विगत बर्ष जसरी यस वर्षको परीक्षा पनि शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न भएको शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *