म्याग्दीमा विद्युत गृह पहिरोले बगायो

म्याग्दी।

जिल्लाको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले बगाएको छ । बुधवार राती परेको वर्षाका कारण पहिरो जाँदा ४२ किलोवाट क्षमताको लघुजलविद्युत परियोजनाको विद्युत गृहको भवन र उपकरणहरु पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत आपूर्ती पूर्णरुपमा बन्द भएको छ ।

मरेनी स्थित विद्युत गृह भन्दा माथिको पाखोबाट विहिवार खसेको पहिरोले विद्युत गृहको भवन र विद्युतका उपकरणहरु क्षतिग्रस्त भएका छन् ।

दुईवर्ष अघि पनि परियोजनाको नहर, बाँध र विद्युतगृह बाढीले बगाएको थियो । एकवर्ष अघि मर्मत सम्भार गरेर गाउँमा विजुली बालिएको थियो ।

२०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ८५ लाख ९७ हजार,जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एक करोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।

परियोजनाको विद्युत गृहमा क्षति पुगेपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका तिनसय ७० घरधुरीमा विद्युत आपुर्ति बन्द भएको छ।  केन्द्रिय विद्युत लाइन नपुगेको लुलाङमा लघुजलविद्युत परियोजनाबाट उत्पादित विजुली उपभोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *