लायन्स क्लबद्वारा लाङ्दी पहिरो पीडितलाई राहत वितरण

पर्वत ।

जिल्लाको मोदी गाउँपालिका- ३,देउराली लाङ्दीका पहिरो पीडितलाई पर्वतका लायन्स क्लबहरुले नगद सहित खाद्यान्न सहयोग गरेका छन् । घर माथिबाट आएको पहिरोले घर पुरिँदा पहिरोमा पुरिएर मृत्यु भएका छबिलाल विश्वकर्मा र उहाँकि पत्नी बिष्णुमती विश्वकर्माको परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ पर्वत सारथी, लायन्स क्लब अफ पर्वत भूमेकोट, लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र लायन्स क्लब अफ पर्वत गुप्तेश्वर मोदीको संयुक्त पहलमा नगद रु १५ हजार र  २० हजार मूल्य बराबरको खाद्यान्न र भाडावर्तन घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

दुखको बेलामा थोरै भएपनि राहत होस् भन्ने हेतुले नगद सहित आवश्यक खाद्यान्न सामाग्री चामाल दाल,नुन, तेल लगायत भाडावर्तन सहयोग गरिएको क्लबहरुले बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न लायन्स क्लबका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *