समानुपातिक मतगणना १ करोड नाघ्यो, रास्वपा फराकिलो अग्रतामा 

काठमाडौँ ।

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फको मतगणना १ करोड नाघेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १ करोड १० हजार ४२० मत गणना भइसकेको छ।

हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४८ लाख १४ हजार ५ सय ४२ मतका साथ पहिलो स्थानमा रहेको छ।  दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख २० हजार ५ सय ५९ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १३ लाख ४९ हजार ४ सय ५० मतका साथ तेस्रो स्थानमा रहेको छ।  त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी ७ लाख ३३ हजार ६ सय १० मतका साथ चौथो स्थानमा छ।  अन्य दलहरूको अवस्था यस्तो छः  श्रम संस्कृति पार्टी – ३ लाख ४१ हजार ८३  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ३ लाख १५ हजार ८ सय २०  जनता समाजवादी पार्टी, नेपाल – १ लाख ६४ हजार ८ सय ९३  राष्ट्रिय परिवर्तन पार्टी – १ लाख ६१ हजार १ सय ४७  निर्वाचन आयोगका अनुसार देशभरबाट मतगणना जारी रहेको छ र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *