पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका छन् । केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका हुन् । उनीहरूको अहिले उद्धारको काम भइरहेको छ ।
अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको बीचमा अलपत्र परेको कास्की प्रहरीले जनाएकाे छ ।हावाहुरीका कारण पोखराको फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । सोमबार दिउँसो अचानक हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका ८ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए ।