अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिताको पुरस्कार वितरण

प्रतियोगितामा प्रथम पुरस्कारको रकम बीओटी सदस्य तीर्थराज अधिकारी, दोस्रोको अनेसास पूर्व उपाध्यक्ष भीमसेन सापकोटा, तेस्रोको लागि वर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र चौथोको लागि वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र पाँचौको लागि सचिव विमला निरौलाले प्रायोजन गरेका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा क्रमशः वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेका थिए । उनीहरूलाई सोही कार्यक्रममा प्रमाणपत्र र पारिश्रमिक प्रदान गरिएको थियो । 

प्रमुख अतिथि बिष्णुविभू घिमिरेले नेपाली कविताको विश्वव्यापीकरणमा यस्तो प्रतियोगिताले विशेष महत्त्व राख्ने भएको हुँदा कवि, कविता र नेपाली साहित्यको उन्नयनका लागि अनेसासले सास भर्ने काम गरेकोमा आभार ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *