मोदी, पर्वत ।
जिल्लाको मोदी गाउँ पािलकाको वडा नं ७ राम्जा देउरालीमा रहेको पशुपति माविमा अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित एक बिशेष कार्यक्रमकाबीच भूतपूर्व प्रअ दन्डराज शर्माले आठ लाख राशीको गरीब तथा जेहेन्दार छात्रबृत्ती कोषको स्थापना गर्नु भएको हो ।
विगतमा लामो समयसम्म विद्यालयको प्रधानाध्यापक भई उत्कृष्ट छवि बनाउनु भएका शर्माको कार्यकालमा उक्त विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्द्रकै रुपमा परिचित थियो । उक्त समयमा गुणस्तरीय शिक्षाकै लागि टाढा टाढाबाट बिद्यार्थीहरु राम्जा आउने गरेको स्थानीयहरुले अहिले पनि स्मरण गर्ने गर्दछन् ।
पूर्व प्रअ शर्मा बेलायत भ्रमण गएको बेला उहाँले अध्यापन गरेका बिद्यार्थीहरुले त्यहाँ सम्मान कार्यक्रमको आयोजना गरेका थिए । उक्त सम्मान कार्यक्रममा संकलित रकममा केही रकम थपेर आफूले सेवा गरेको विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरेको शर्माले बताउनु भयो ।
सो कार्यक्रममा भुपु .प्रअ दन्डराज शर्मालाई बिद्यालयले सम्मान समेत गरेको थियो । कार्यक्रममा एनसिसीका बिद्यार्थीहरुले उत्कृस्ट कला समेत प्रस्तुत गरे । सोही कार्यक्रममा बिध्यालयले कक्षा एक देखि १२ सम्मका सम्पूर्ण बिध्यार्थीहरुलाइ टिसर्ट ,ट्«याकसुट समेत निशुल्क बितरण गरेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुप्त बहादुर ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्री माननीय सुशिला सिम्खडाको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सभा सदस्य माननीय भक्त कुँवर तथा बिध्यालयका भु. पु .प्र .अ. दन्डराज शर्माको बिशिस्ट आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा मोदी गाउँपालिका अध्यक्ष हिरादेबी शर्मा, उपाध्यक्ष विमल लामिछाने, प्रमुख प्रशाशकिय अधिकृत कमल गौतम लगायत छिमेकी बिध्यालयका प्रअ, विभिन्न कार्यालय प्रमुखहरु, अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


