पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुर गैराथोकमा नव निर्मित चारकोठे विद्यालय भवन पहिरोले क्षति ग्रस्त भएको छ । प्रभावकारी आधारभूत विद्यालय भन्दा माथिबाट आएको पहिरोले विद्यालयका दुई ओटा कोठा पुरिएका छन् । विद्यालय भवनको तल तिरको भाग समेत चर्किएको छ ।
अविरल वर्षाले देउपुर स्वास्थ्य चौकी अगाडी ठूलो पहिरो गएको छ । सो पहिरोले स्वास्थ्य चौकीको नयाँ भवन जोखिममा परेको छ । उक्त पहिरोले देउपुर ठूलिपोखरी सडक अवरुद्ध भएको छ ।