पहिरोमा परेर पर्वतको कार्कीनेटामा दुई जनाकाे मृत्यु

पर्वत ।

हिजो देखिको अविरल वर्षाले गएको पहिरोमा पुरिएर जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल रहेको पर्वत प्रहरी प्रमुख खुमलाल भुषालले जानकारी दिनुभयो ।

पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन्।

शुक्रवारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो। गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको थियो । थप उद्दारका लागि प्रयास भै रहेको पर्वत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *