तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको छ।
बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन । बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।
त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी थापाले जानकारी दिए ।