मर्स्याङ्दी नदीमा बस खस्यो

काठमाडौं ।

तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐन पहराबाट मर्स्याङ्दीमा बस खसेको हो । शुक्रबार बिहान साढे ११ बजे भारतीय नम्बर प्लेटको यात्रुबहाक बस खसेको हो ।

इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट  सुरक्षाकर्मी उद्दारको लागि घटना स्थल तर्फ जाँदै छन् ।

विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *