आइटी स्रोत शिक्षकका लागि सुचना प्रविधि सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न

पर्वत ।

मोदी गाँउपालिका स्थित विधालयका सुचना प्रविधि स्रोत शिक्षकहरुको लागि सुचना प्रविधि सम्वन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।

आधारभूत तथा माध्यमिक विद्यालयका सूचना प्रविधि स्रोत शिक्षकहरूका लागि सुचना प्रविधि सम्बन्धी ३ दिने क्षमता विकास तालिम समापन कार्यक्रम विहिबार सम्पन्न भएको हो । मोदी गाउँपालिकाको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । गाउँ पालिकाका आधारभूत तथा माध्यामिक विद्यालयमा कार्यरत कम्प्युटर शिक्षक र आइटी फोकल पर्सनहरुको लागि तालिम प्रदान गरीएको शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

तालिमको समापन कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष हिरा देवी शर्माले तालिमको लागि मात्रै तालिममा सहभागि हुन नभइ तालिम पछि तालिमको औचित्य पुष्टी हुने गरि सिकेका कुरा व्यवहारमा अनिवार्य प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछानेले करकापबाट नभइ कुनै पनि सीप सिक्न इच्छाशक्ति हुनुपर्ने र शिक्षकहरुले पनि जोस जागर उत्प्रेरणाको रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले शिक्षकहरुलाई दिइएको जिम्मेवारी पूरा गर्न र राज्यले गरेको लगानीको समुचित प्रयोग गर्नुपर्ने बताउनुभयो ।

तीन दिन सम्म सन्ञ्चालित तालिमको प्रशिक्षण गाउँपालिकाका सूचना अधिकृत दिपक तिमिल्सिना,शिक्षक भुमिराज शर्मा,प्रवेश पुरी, अर्जुन चालिसे,लक्ष्मण गौतम,कमल शर्मा,रामचन्द्र सुबेदी,लगायतले गर्नुभएको थियो । मोदी गाँउपालिका स्थित विधालयका सुचना प्रविधि स्रोत शिक्षकहरुको लागि सुचना प्रविधि सम्वन्धी क्षमता विकास तालिममा गाउँपालिकाका आधारभूत र माध्यामिक विद्यालय गरि ६५ जना शिक्षक शिक्षिकाहरुको  सहभागिता रहेको थियो ।

सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा विद्यालय र विद्यार्थीको विवरण प्रविष्ट गर्ने, पावरपोइन्टमा स्लाइड निर्माणलतथा प्रस्तुतीकरण गर्ने, इमेल इन्टरनेटको प्रयोग, विद्यालय सुशासनका विषयमा तालिम दिईएको गाँउपालिकाले जनाएको छ । मोदी गाँउपालिका ६ तिलाहारको नवजागृत माविमा असार ११ गतेबाट तालिम संञ्चालन भएको हो । गाउँपालिका अध्यक्ष हिरा देवी शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन मोदी गाँउपालिकाका प्राविधिक सहायक सुरेश रिमालले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *