पर्वत ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार पर्वतबाट ४ जिपिए ल्याउने एक जना, ३.६ देखि ३.९९ सम्म एक सय १६ जना, ३.२ देखि ३.५९ सम्म दुई सय ७५ जना, २.८ देखि ३.१९ सम्म तीन सय ५१ जना, २.४ देखि २.७९ सम्म दुई सय ११ जना, २ देखि २.३९ सम्म पाँच जना रहेका छन् । कुल नौ सय ७८ जना विद्यार्थी उत्तिर्ण हुँद एक वा दुई विषयमा नन ग्रेड आएकाको सङ्ख्या पाँच सय २८ रहेको छ भने तीन वा त्यो भन्दा बढी विषयमा नन ग्रेड आएकाहरुको सङ्ख्या चार सय ७४ रहेको छ ।
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा पर्वतबाट दुई हजार भन्दा बढ विद्यार्थी सहभागी भएका थिए । जिल्लाका सात वटा स्थानीय तहमा रहेका विभिन्न १७ वटा विद्यालयहरूबाट दुई हजार २८ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । उनीहरु साधारणतर्फ एक हजार नौ सय ४० जना, आंशिकतर्फका ४८ जना र प्राविधिकतर्फका ४० जना थिए ।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका अनुसार नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालयकी सफलता रिमालले चार जिपिए प्राप्त गरेकी छिन भने दोस्रो स्थानमा हुवासको पर्वत इङ्लिस बोर्डिङ स्कुलकी रक्षा भण्डारी ३.९६ जिपिए सहित दोस्रो र नारायण माध्यमिक विद्यालय कुश्माका सुवास पोख्रेल ३.९१ जिपिए सहित तेस्रो स्थानमा आएका छन् ।
उत्कृष्ट १५ भित्र आएका अन्यमा नमूना अङ्ग्रेजी आवासिय मा.वि.का रोशन श्रेष्ठ, कुशल यादव, मन्दीप क्षेत्री, रिजुता शर्मा, श्रीषी पौडेल, आयुशा पौडेल, अभिमन्यू पि.सी, निर्मल जनसेवा मा.वि. त्रिवेणीका आशिष बसेल र अस्मित न्यौपाने, भवानी विद्यापिठ फलेवासका विपिन पौडेल तथा हिमालय माध्यमिक विद्यालय खुर्कोटकी प्रिती शर्मा रहेका छन् ।
प्रविधिक विद्यालयतर्फ माटेदेवल जनसहयोगी माध्यमिक विद्यालयबाट प्रतिक शर्मा र आशिष थापा क्षेत्री तथा नवजागृत मा.वि. तिलाहारका रोशन कुँवरले पनि उत्कृष्ट नतिजा ल्याएका छन् । यी १८ जनामध्येका सात जना सामुदायिक विद्यालयतर्फका विद्यार्थी हुन भने बाँकी ११ जना निजी विद्यालयका विद्यार्थी हुन् । सामुदायिकतर्फ नारायण माध्यमिक विद्यालयका सुवास पोख्रैेल जिल्लामा नै सर्वोत्कृष्ट भएका छन् ।