सेती खोंचमा खसेका पर्बत फलेबासका एक युवकको सकुशल उद्दार

पोखरा ।

सेती नदि खोँचमा खसेका पर्वत फलेबासका एक युवकको उद्धार गरिएको छ ।

पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार राति पौने ८ बजे खसेका थिए । उनको २ घण्टाको प्रयासपछि उद्धार गरिएको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा ७ सदस्यीय टोली र सशस्त्र प्रहरी फलेपाटनबाट डीएसपी सजनलाल श्रेष्ठको कमाण्ड र गण्डकी प्रदेश गणबाट गरी उद्धार टोली २ घण्टा खटिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

इन्स्पेक्टर श्रेष्ठले करिब ४० मिटर तल खसेका बिकलाई डोरीको सहायताले बाँधेर माथि ल्याइएको जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँसहितको जनप्रतिनिधि टोली पनि घटनास्थल पुगेको थियो ।

उद्धार गरी एम्बुलेन्समार्फत् बिकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *