आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्षका रूपमा मनाइने, किसानलाई पेन्सन दिन काेष

आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्षको रूपमा मनाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९/८० को आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख छ।

कृषि क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना अघि सारेको छ। योगदानमा आधारित कृषि पेन्सनको व्यवस्था गरिने भएको छ। किसान पेन्सन कोष स्थापनका लागि सरकारले एक अर्ब रुपैयाँ विनियोजन गरेको छ।

कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने पनि अर्थमन्त्रीले जनाएका छन्। कृषि कर्जाका लागि पाँच खर्बको कोष बनाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *