आजदेखि निजी विद्यालय सञ्चालक आन्दोलन(विज्ञप्ति सहित)

पर्वत ।

निजी विद्यालय सञ्चालक संस्था प्याब्सन र नेशनल प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् ।

दुवै संस्थाले ५ बुँदे माग अघि सार्दै ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने, पोसाक तथा स्टेशनरी उपलब्ध गराउनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गरेका हुन्।

आज बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्‍याली गर्ने र कोणसभा गर्ने, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने तथा काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्‍याली गर्ने तय भएको एक विज्ञप्ति मार्फत जनाइएको छ ।

माग सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *