रास्वपा सभापति लामिछाने पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ, पोखरा लगिदै

काठमाण्डौ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। उनी पार्टी केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ परेका हुन्।

प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर स्थल मार्ग हुँदै कास्की लैजाँदै छ । उनलाई गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अपचलन गर्ने कार्यमा जीबी राईसँग मिलेमतो गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले शुक्रबार पक्राउ पुर्जी लिएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *