आज तिहारको अन्तिम दिन भाइटिका मनाईदै

पर्वत ।

नेपालीहरूको दोस्रो महान् चाड तिहारकाे भाइटिका आज मनाइँदैछ । नेपाली दिदीबहिनीले  दाजुभाईहरूको निधारमा सप्तरङ्गी  टिका लगाई मखमली माला लगाई यो चाड मनाउने गर्दछन् । दाजु भाइले दिदी बहिनीलाई उपहारस्वरूप कपडा, दक्षिणा दिने चलन  रही आएको छ ।  तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।

मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धका स्वरूप गोवर्द्धन पर्वत, मानव र अन्य जनावरबीचको सुमधुर सम्बन्धलाई स्थापित गर्न काग, कुकुर, गाईलगायत जनावर एवम् पंक्षीको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइ बीचको अक्षुण्ण सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ ।

गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्त्वपूर्ण पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *