आज ११ औँ राष्ट्रिय विज्ञान दिवस

काठमाण्डौ ।

आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो । हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ ।

नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो । राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थीलगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *