आव २०७९/८० काे बजेटमा शिक्षातर्फ का कार्यक्रमहरु

–शिक्षा तथा विज्ञानप्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरिएको ।

–राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने ।

–प्राविधिक शिक्षालाई क्रमशः प्रदेशलाई हस्तान्तरण गरिने ।

–प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन ।

–आगामी आर्थिक वर्षमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने ।

–डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

–मेडिकल कलेजले वर्षमा दुई पटक भर्ना गर्न पाउने व्यवस्था गरिने ।

–सामुदायिक विद्यालयका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिने ।

–युवा साक्षरता अभियान सञ्चालन गरिने ।

–पढ्दै कमाउँदै कार्यक्रम थप १०० विद्यालयमा विस्तार गरिने ।

–मावि तह उत्तीर्णलाई न्यूनतम एक सीप सिकाइने ।

–स्नातकोत्तर विद्यार्थीलाई ९० दिन स्थानीय तहमा अनिवार्य स्वयंसेवा कार्यमा लगाइने ।

–विद्यार्थीलाई डिजिटल सिकाइ सामग्री उपलब्ध गराइने ।

–प्रधानाध्यापकका लागि छुट्टै नेतृत्वसुधार तालीम उपलब्ध गराइने ।

–शिक्षकको क्षमता वृद्धिका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिने ।

–प्रधानाध्यापकले ५ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिने ।

–शिक्षक–विद्यालय कर्मचारी दरवन्दी पुनरावलोकन गरिने ।

–शहीद स्मृति विद्यालयहरुलाई प्राविधिक शिक्षालयमा रुपान्तरण गरिने ।

–शिक्षक अस्पताल निर्माण अघि बढाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *