हराएको तारा एयरको दुर्घटनाग्रस्त विमान कोबाङको सानुसरे भीरमा फेला पर्यो

पर्वत ।

आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले  भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’ उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

तस्बिर : सुशील बाबु थकाली

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *