इराकी प्रधानमन्त्री मुस्तफा अल-खादिमी ‘हत्याको प्रयास’बाट जोगिए

इराकी प्रधानमन्त्री मुस्तफा अल-खादिमीले राजधानी बग्दादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताएका छन्।

उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ। अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो।

Drone Attack: Massive blast in Baghdad .. Drone attack targeting the Prime  Minister .. | Drone laden with explosives targeted the residence of Iraq's  Prime Minister Mustafa al Kadhimi in Baghdad early

सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल-खादिमीलाई अस्पताल लगिएको थियो। तर उनले आफू घाइते नभएको बताएका छन्।

सामाजिक सञ्जालमा ट्विटरमा उनले “इराकको हितका लागि सबैलाई शान्त र संयमित” हुन आह्वान गरेका छन्।

अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएका छन्।

कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएको हो।

अहिलेसम्म त्यसको जिम्मा कसैले पनि लिएको छैन।

अमेरिकाले घटनाको भर्त्सना गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

प्रधानमन्त्री अल-खादिमी गुप्तचर निकायका पूर्वप्रमुख हुन्। उनले गत वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।

केही सातायता इरानप्रति सहानुभूति राख्ने राजनीतिक समूहहरूले ग्रीन जोननजिकै प्रदर्शन गरिरहेका थिए।

गत महिना भएको निर्वाचनको परिणाममा अनियमितताको आरोप लगाउँदै उनीहरूले प्रदर्शन गर्ने गरेका छन्।

यसै साता सुरक्षाकर्मीहरूसँग भएको हिंसात्मक झडपका क्रममा १०० जनाभन्दा बढी मानिसहरू घाइते भएका थिए।

बिबिसी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *