उधमीहरुलाई मौरीको घार वितरण, उधमशिलतामा जोड्न निरन्तर प्रयास रहने वडा अध्यक्षको भनाई

मोदी ।

मोदी गाँउपालिका अन्तगर्त वडा नं २ देउपुर र वडा नं ३ देउरालीका उधमीहरुलाई मौरीको घार वितरण गरीएको छ । गरिवी निवारणका लागी लघु उधम विकास कार्यक्रम अन्तर्गत २१ जना उधमीहरुलाई मौरीको घार वितरण गरीएको हो । वडा नं २ र ३ मा रहेको शिवशतिm मौरीपालन र भवरकोट मौरीपालन समुहका उधमीहरुलाई प्रशिक्षण गराई घार वितरण गरिएको हो । काठमाडाँै गोधावरी मौरी विकास केन्द«को सहजीकरणमा उधमीहरुलाई प्रशिक्षण दिईएको उधम शाखा प्रमुख सिता शर्माले बताउनुभयोे ।  गाँउपालिकाको ८० प्रतिशत र उधमीको २० प्रतिशत लगानिमा घार वितरण गरीएका हो । २१ जना उधमीहरुलाई प्रति व्यतिm दुई दुई वटा मौरीको घार वितरण गरीएको वरिष्ट उधम विकास सहजकर्ता गणेश अधिकारीले बताउनुभयो । मोदी गाँउपालिका वडा नं २ देउपुरका वडा अध्यक्ष बेल बहादुर कार्कीले उधमीहरुलाई घार वितरण गर्दै उधमीहरुलाई उधमसिलतामा जाड्न निरन्तर प्रयास रहने र नेपालमाकैँ पहिलो नम्वरमा आउने गरी उधम विकास गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *