एक पटक पुग्नै पर्ने रमणीय, ऐतिहासिक र पवित्र धार्मिक स्थल पञ्चासे

माेदी , पर्वत ।
तीन जिल्लाको सिमानामा अवस्थित अनुपम रमणीय स्थल पन्चासे क्षेत्र पर्यटकको लागि आर्कषणको प्रमुख केन्द्र बनेको छ ।
२५ सय १७ मिटर उचाईमा पर्वत, स्याङ्गजा र कास्की तीन जिल्लाहरुको शिरमै अवस्थित ५ हजार ५ सय हेक्टर क्षेत्रफलमा रहेको पन्चासेको मनमोहक सुन्दरता, प्राकृतिक रमणीयता र त्यहांको ग्रामिण जनजीवन, स्वभाविक व्यवहार, बोलीचालीको आर्कषणले पर्यटकहरुको मन लाेभ्याउदै आएको छ ।
पर्यटकीय स्थल पोखराको नजिकै रहेको पन्चासेमा पाचकोश सरोवर ताल, पाँच टाकुरा मिलेर बनेको धार्मिक तपोभुमि, पाँचधाम, पाँच मुख्य खोला हर्पन, रति, जरे, आंधी र सेतीको उद्गमस्थल र एकै ठाउंबाट सबैभन्दा धेरै हिम श्रृखला देखिने रमणीय स्थल हाे ।
यहाँका जंगलहरूमा बिभिन्न प्रकारका सुनगाभा र लालि गुरांसले ढकमक्क पारेको देख्दा पर्यटकहरु मन्त्रमुग्ध हुने गर्दछन् ।
त्यतिमात्र होईन बाघ, भालु, मृगलगायतका बन्यजन्तु चराचुरङ्गीको कर्णप्रिय आवाजले मनलाई आनन्द बनाईदिने गरेको छ । यहाँबाट देखिने सूर्येादय र सुर्यास्तको रमणीय दृश्यले पर्यटकहरु लोभिदै आएका छन् ।
No photo description available.

पृष्ठभूमि

परापुर्वकालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमारका माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए । उनीहरु एउटा छोरा श्रवणकुमारको सहारामा नै बाँचिरहेका थिए । श्रवणकुमारले नै उनीहरुलाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे । घुम्ने क्रममा एकदिन उनीहरु एउटा ओडारमा वास बस्न पुगे छन् । हाल त्यो ठाउँ अन्धा-अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरुमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ । त्यस समयमा त्यहाँ पानीको श्रोत नभएको कारण आफ्ना अन्धा-अन्धी बुवा आमाको पानीको प्यास मेटाउन पानीको खोजीमा एउटा डाडाँमा पुग्छन । जहाँ पानीको तलाउ भेट्छ्न जुन ठाउँलाई अहिले पञ्चासे भनेर चिनिन्छ ।

No photo description available.

परिचय

संघीय सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट २०७५ साल भदौमा सार्वजनिक गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्ने गरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा कास्कीको पञ्चासेलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख गरिएकाे छ ।

पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडा सुन्दर र मनमोहक पर्यटकीय गन्तव्य हो । जैविक विविधताले भरिपूर्ण पञ्चासे क्षेत्रले तीन जिल्ला ओगटेको छ । ५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्रको जैविक विविधता साँच्चै हेर्न लायक छ । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै तत्व छन् ।

समुद्र सतहदेखि २ हजार ५ सय ९ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ १ सय १० मिटर र चौडाइ २० देखि २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जंगलले घेरिएको छ । पञ्चकोसी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो । पोखराको फेवातालको मुख्य स्रोत पनि पञ्चासे हो । सुर्योदय, सूर्यास्त लगायतको दृश्यावलोकन, वनजंगल, जडीबुटी, सुनाखरी, संस्कृति लगायतले सबैलाई आकर्षित गराउँछ । टुप्पोमा रहेको तालले पनि झनै लोभ्याउँछ ।

तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने जंगलको छेवैमा रहेको तालमा पातपतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने विश्वास गर्ने गरिएको छ ।

पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमशृंखला, दक्षिणतर्फपाल्पाको श्रीनगर डाँडा र तर्राईका फाँट देखिन्छन् । पञ्चासेको भ्यू टावरबाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवाताल मात्रै होइन, दक्षिण पश्चिमतर्फनजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधिखोला लगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौँ मनोरम दृश्य नियाल्न पाउँदा पर्यटकहरु उद्वेलित हुन्छन् ।

No photo description available.

धार्मिक तथा सांस्कृतिक महत्व

पञ्चासेमा रहेकाे सिद्धबाबाको मन्दिरमा वर्षेनि बाला चतुर्दशी, माघेसक्रान्ति, शिवरात्री र बैसाख पुर्णिमामा मेला लाग्ने गरेको छ ।

बिशेष गरी बालाचतुर्दशी पर्वमा पन्चासेमा ठूलाे मेला लाग्ने गर्दछ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन  दिवंगत आफन्तको स्मृतिमा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने गरिन्छ ।

सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ ।  यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।
No photo description available.

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

आदिमकालदेखि धार्मिक दृष्टिकोणले पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डवहरु गुप्तवासमा रहँदा बसोबास गरेका, बाईसे–चौबीसे राजाका किल्ला, सिद्धबाबा लगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीयस्थल हुन् । अर्कोतिर विभिन्न पुराणहरूमा उल्लेख भएअनुसार सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउँ भनी तपस्या गरेको पाङस्थित पार्वती गुफा, फूल टिप्ने गरेको कुशुमपुरी (अहिलेको कुश्मा बजार), पार्वती खेल्ने गरेको पातीचौर क्षेत्र, दिनहुँ नित्य नुहाउने गरेको सहस्रधारा, पनि यहीँ छन् ।

पर्वत जिल्लाको चित्रे गाउँबाट पञ्चासे लेकका लागि उकालो लाग्ने क्रममा बीचमा रहेको गनगने बाबाको स्थानमा रूख विरूवाबाट झरेका र सुकेका पातपतिङ्गरहरू चढाएपछि गनगने बाबाको गनगन शान्त हुने किम्बदन्ती अनुसार पैदल यात्रीहरूले गनगने बाबाको स्थानमा भुँईमा झरेका पातपतिङ्गरहरू चढाउने गर्दछन् । पर्यटकहरूका लागि यो पनि आकर्षण हुने रहेछ ।

प्राकृतिक सौन्दर्य

पञ्चासेबाट अन्नपुर्ण, धौलागिरी श्रृङ्खला तथा लमजुङ र मनास्लु हिमालहरुको अवलोकन गर्न सकिन्छ । सुर्योदय, सुर्यास्त, आसपासका सुन्दर गाउँबेसी, फाँट खोलानालाको दृश्यले सबैको मन लोभ्याउछ । यो साढे पाँच हजार हेक्टर क्षेत्रफलमा फैलिएको पाँच टाकुरा मिलेर बनेको छ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा रहेको पञ्चासे डाँडा पुग्नेहरु उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मनमुग्ध हुन पुग्छन् ।

No description available.

पञ्चासे लेकमै रहेको बैदान ताल नियालेपछि थप रोमान्चित अनुभव गर्छन पर्यटकहरु । तालमा हिउँद वर्खामा पानीको सतह घट्दैन भने वरिपरि रुख विरुवा भएपनि तालमा पात पनि नदेखिने र तालमा पातखसेपछि चराले पात टिप्ने गरेको जनविश्वास रहेको छ । त्यससँगै सूर्याेदय र सुर्यास्तको रमणीय दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । दृश्यावलोकनको लागि तीन जिल्ला पर्वत, कास्की र स्याङ्गजाको सहयोगमा भ्यू टावर निमार्ण गरिएको छ ।

पर्यटकीय महत्व

एकै ठाउँबाट चार जिल्लाका सदरमुकाम (पोखरा, स्याङ्जा, कुश्मा र बागलुङ), आसपासका डाँडाकाडा, हिमाली श्रृङ्खलाको दृश्यावलोकन र जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न यहाँ पाइन्छ । त्यसैले त पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको गतिलो गन्तव्य बनेको छ ।

अनुपम प्रकृतिको सुन्दर दृश्यावलोकन पञ्चासे लेकको प्रमुख आकर्षण हो । साथसाथै पहाडी चुचुरोको घना जङ्गलको बीच भागमा रहेको कञ्चन र निर्मल पिपलपात आकारको ताल पञ्चासे लेकको अर्को आकर्षण हो । पर्वत, कास्की र स्याङ्जा जिल्लाका सदरमुकामबाट बिहान हिँडेर पञ्चासेको एक दिवसीय भ्रमण पूरा गरेर साँझ सम्बन्धित सदरमुकाममै फर्किनसक्नु आन्तरिक पर्यटकका लागि झनै महत्वपूर्ण आकर्षण भएको छ ।

May be an image of 9 people, outdoors and text that says 'बराहथान'

नागवेली आकारको चुचुरोका चारस्थानमा रहेका गुरूङ (तमु) हिल टावर, विश्व शान्ति स्तुपा र बौद्ध गुम्बा, च्यवन ऋषिको आश्रम रहेको स्थान, पञ्चासे क्षेत्र विकास समितिको सचिवालय, लामो हिमश्रृङ्लाहरूको लस्कर दृश्यावलोकन गर्न सकिने गरी निर्माण गरिएको पञ्चासे टावर र सिद्ध बाबाको स्थान पञ्चासे लेकका थप आकर्षणहरू हुन् ।

जैविक विविधता

पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न ५ हजार ५ सय हेक्टर वन क्षेत्रमध्ये १ हजार ७ सय हेक्टर बन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा ५ सय ८९ किसिमका फूल, १ सय ५० औषधीजन्य जडिबुटी, ५६ प्रजातिका जङगली स्याउ, ९८ उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जंगलमा बिभिन्न प्रजाति चराचुरुङगी र दुलभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्क छन् ।

No photo description available.

कसरी पुग्ने ?

कास्की, पर्वत र स्याङ्जाको पर्यटकीय तथा धार्मिक संगमस्थल पञ्चासेको भन्ज्याङसम्म पुग्न पोखराबाट ३० किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । साथै, पोखरा–वागलुङ राजमार्गको काँडेबाट भदौरेसम्म गाडीमा र त्यहाँबाट पैदल ३ घन्टा हिड्नु पर्छ । पोखराकै ड्यामसाईड, शान्ति स्तुपा हुदै ८ घन्टा पैदल तथा पर्वतको आर्थर र चित्रेबाट २/२ घन्टा हिडेर पुग्न सकिन्छ ।

पर्यटकीय नगरी पोखराबाट लुम्ले, काँढे–भदौरे देउरालीसम्म गाडीमा गएर त्यहाँबाट ३/४ घण्टाको पैदलमा पन्चासे पुगिन्छ  । लेकसाइड, फेवाताल, पामे, घाँटी छिनासम्म गाडीमा गएर सिदाने हुँदै पनि पन्चासे पुगिन्छ ।

पर्वतको डिमुवाबाट चित्रे सम्म बस तथा जीपमा यात्रा गर्न सकिन्छ । चित्रेबाट करिब ३/४ घन्टाकाे पैदलमा  पन्चासे पुगिन्छ ।   स्याङजाको फेदीखोला, आर्रुखर्क हुँदै पञ्चासे भञ्ञ्याङसम्मै जीप पुग्छ । अहिले पञ्चासे पुग्न मोटरको सुविधा भएपनि पदयात्रा गर्दाको आनन्द अर्कै छ ।

May be an image of tree, lake, mountain, sky and nature

Leave a Reply

Your email address will not be published. Required fields are marked *