एजुकेशन फर लाइफ नर्वेको सहयाेगमा पुस्तकालय स्थापना

मोदी , पर्वत ।

जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरमा रहेको जननेत्र माविको आधारभूत  शाखा मैदानमा आज एक कार्यक्रमका बीच आधारभूत तह(१–५) का बिद्यार्थीहरुलाई लक्षित गरी पुस्तकालयको उद्घाटन गरिएको छ । जीवनका लागि शिक्षा (नर्वे)को सहयोगमा बिद्यार्थीहरुका लागि आवश्यक पर्ने निकै महत्वपूर्ण पुस्तक तथा स्टेशनरी सामानहरु हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै एजुकेशन फर लाइफ नर्वेका कोअर्डिनेटर मिना कार्कीले पुस्तकालय स्थापनाले बालबालिकाहरुमा पठन संस्कृतिको विकास गराउन थप मद्धत पुग्ने विचार व्यक्त गर्नुभयो । संस्थाले हालसम्म पुस्तकालयको पहुँच नपुगेका दुर्गम स्थानमा रहेका बिद्यालयहरुलाई सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नु भयो । त्यसै गरी उक्र कार्यक्रमका संयोजक कृष्ण पोख्रेलले आफूले अध्ययन गरेको विद्यालयमा पुस्तकालय स्थापनाको लागि सहयोग गर्न पाउँदा आफूलाई निकै खुशी लागेको विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक शर्माले सहयोगी संस्था एवं संयोजकहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि शैक्षिक गुणस्तर अभिबृद्धिको लागि भूतपूर्व विद्यार्थीहरुको तर्फबाट यस्तै सहयोगहरु प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो भने प्रावि इन्चार्ज राम प्रसाद तिमिल्सिनाले पुस्तकालयको भरपुर उपयोग गर्ने गरी कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बिद्यालयका भूतपूर्व बिद्यार्थी कृष्ण पोख्रेलको संयोजन तथा समन्वयमा एजुकेशन फर लाइफ(नर्वे) को सहयोगमा सन्ताउन्न हजार रुपैयाँ बराबरका पुस्तक तथा स्टेशनरीहरु प्रदान गरिएको विद्यालयले जनाएको छ ।

शैक्षिक सुधार समितिका अध्यक्ष ठोक बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत बिद्यालयका शिक्षक हरि प्रसाद चापागाई र बिद्यार्थी सरिष्मा परियारले गर्नु भएको थियो भने संचालन शिक्षक सागर तिमिल्सिनाले गर्नु भएको थियो ।

यसैबीच छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी आज नै सो संस्थाको तर्फबाट मोदी ३ देउरालीमा रहेका लाङ्दी आधारभूत विद्यालय लाङ्दी र जनज्योति आधारभूत विद्यालय जोगीथुममा पनि पुस्तकालय स्थापना गरिएको कोअर्डिनेटर मिना कार्कीले जानकारी दिनुभयो ।

May be an image of outdoors and text that says 'ALPHARETS Education for life PROMIS (Norway) QUALIFY Promis Qualify AS 2022 Phase Supporting Library Project in Shree Jananetra Secondary School Modi Rural Municipality-2, Deupur, Parbat Opening Ceremony on: 7April, 2022 FOR deducation LIFE 2022/4/7 15:33'

 

May be an image of book

 

May be an image of 5 people, people sitting and people standing

May be an image of 8 people, people sitting, people standing and outdoors

May be an image of 8 people and outdoors

May be an image of 8 people, outdoors and tree

May be an image of 5 people, people standing and outdoors

May be an image of 5 people, people standing, flower and outdoors

May be an image of 6 people, people sitting, people standing and outdoors

May be an image of ‎3 people, people standing, outdoors and ‎text that says '‎יו 2022/4/7 15:24‎'‎‎

May be an image of 5 people, people standing, people sitting and outdoors

May be an image of 1 person, standing and text that says 'COME 2022/4/7 15:30'

May be an image of 5 people, people sitting, tree, mountain and sky

May be an image of 2 people and outdoors

May be an image of 7 people, people sitting and outdoors

 

May be an image of 4 people, people sitting and outdoors

May be an image of 8 people, people sitting, people standing and outdoors

May be an image of 9 people, people sitting, people standing and outdoors

May be an image of 6 people, child, people standing, people sitting and outdoors

May be an image of 4 people, people sitting, people standing and outdoors

May be an image of 3 people and outdoors

Leave a Reply

Your email address will not be published. Required fields are marked *