माेदी, पर्वत ।
कामना सेवा बिकास बैंक लिमिटेड डिमुवा शाखाले मोदी गाउपालिका वडा नं ५, बाजुङकाे बाउसेमा वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकिङ्ग सेवा सुविधाको पहुचबाट टाढा रहेका सर्वसाधारणलाई सम्पूर्ण बैंकिङ्ग सुविधाको बारेमा जानकारी दिन साे कार्यक्रम गरिएकाे हाे ।
बैंकिङ्ग सेवा सुबिधाको प्रयोग गर्न सहजीकरण गर्न र बैंकिङ्ग क्षेत्रमा सर्वसाधरणको उपस्थिति सहज रुपमा गराउने उद्देश्यले कार्यक्रम गरिएको डिमुवा शाखा प्रमुख किशोर तिमिल्सिनाले जानकारी दिनुभयो ।
बाउसेका स्थानीय सर्वसाधारणको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा कुश्मा शाखा प्रमुख शिव आचार्य र डिमुवा शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।