एमाले देउपुरको वडाअध्यक्षमा बेल बहादुर कार्की

माेदी, पर्वत

नेपाल कम्युनिष्ट पाटी एमाले माेदी गाउँपालिका २ देउपुरको वडा अध्यक्षमा बेल बहादुर कार्की सर्वसम्मत भएका छन् । कार्कीकाे नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा दिनेश पुन, सचिव राजेन्द्र चापागाई, सह-सचिवमा राजीब ढु‌गाना र रमा सुबेदी सर्वसम्मत चयन भएका हुन् ।

वडा कमिटीको सदस्यहरूमा देबी कुमारी शर्मा, मुक्ति कुमारी बिक, बाबुराम बिक, प्रताप शर्मा, सूर्य केसी, बिश्व अधिकारी, बेद प्रसाद तिमिल्सिना, इश्वरी पाध्या, सुरेश पुन, मन बहादुर पुन, शान्ति कुमारी शर्मा, प्रकाश चापागाई, उर्मिला बिक, सिर्जना चापागाई , भिम बहादुर पुन, सुक बहादुर पुन, हरिदत्त चापागाइृ बिष्णु परियार, देपेन्द्र तिमिल्सिना लगायत रहेका छन् ।

वडा कमिटि चयनको लागि प्रमुख निर्वाचन अधिकृत भुपेन्द्र चापागाईको नेतृत्वमा समिर मल्ल र सीता शर्मा रहेको तीन सदस्यीय निर्वाचन कमिटि गठन गरिएको थियो ।

एमालेको वडा कमिटिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित हुने प्राबधान रहेको छ । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *