एसइइ परीक्षा आज देखि शुरू : पाँच लाख भन्दा बढी विद्यार्थीका लागि ७७ हजार जनशक्ति खटाइयो

काठमाण्डौ ।

कक्षा १० को अन्तिममा लिइने एसईई आजदेखि सुरु भएको छ । ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले २ हजार ६४ परीक्षा केन्द्रमा परीक्षा दिँदै छन् । बिहान आठ बजेदेखि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुदैछ ।

रजिस्ट्रेसन फारम भरेको आधारमा परीक्षा दिनेमा सबैभन्दा बढी बाग्मती प्रदेशबाट १ लाख ५ हजार ७ सय ४३ विद्यार्थी छन् । यसमा पनि काठमाडौँको मात्रै ३८ हजार ८ सय १३ र जापानबाट २३ जना विद्यार्थी छन् । जापानबाट २३ जना विद्यार्थीले पनि परीक्षा दिँदै छन् ।

परीक्षा दिनेमा २ लाख ५० हजार ७ सय ७२ छात्र छन् भने २ लाख ५३ हजार ६ सय २७ छात्र छन् । त्यस्तै १५ जना अन्य समूहबाट परीक्षा दिँदै छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार मनाङ, मुस्ताङमा पनि एक एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षा व्यवस्थित र मर्यादित बनाउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुदैछ । एउटा परीक्षा केन्द्रमा एकको दरले २ हजार ६४ जना परीक्षा केन्द्राध्यक्ष, १ सय ५० विद्यार्थी बराबर १ जना सहायक केन्द्राध्यक्ष, २० जना बराबर १ जनाको दरले निरीक्षक खटाइएको छ । एउटा परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन हुने कार्यालयले जनाएको छ । यस अनुसार ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन हुनेछ ।

त्यस्तै २५ हजार २ सय २२ जना परीक्षा नियन्त्रक खटिने कार्यालयले जनाएको छ । एक सय विद्यार्थी बराबर १ जनाको दरले ५ हजार ४५ परीक्षा सहायक, ५० जना विद्यार्थी बराबर १ जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *