मोदी, पर्वत।
भोलि देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।
यसैबीच मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले परीक्षा स्वच्छ, मर्यादित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभएको छ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई खटाईएको पालिकाले जनाएको छ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी २ सय ७९ जना परीक्षार्थी सहभागी हुने मोदी गाँउपालिकाकाे सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो ।
यस पटक परीक्षाका लागि मोदी गाँउपालिकामा एक मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ । यहाँको नवजागृत बहुमुखी क्याम्पस मोदी ६ डिमुवालाई केन्द्र निर्धारण गरिएको हो ।
यस वर्षदेखि ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने व्यवस्था रहेको छ ।