काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । कुनै प्राविधिक समस्या देखा परेन भने आज बेलुका ५ बजे नतिजा सार्वजनिक गरिने राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा यसरी हेर्नुहोस् ।
