भक्तपुर ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित गरिएको छ । नतिजा अनुसार ४ जिपीए ल्याउने संख्या शून्य रहेको बोर्डले जनाएको छ ।
४३ जनाको परीक्षा रद्द भएको छ भने जिपिए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या चार हजार एक सय ७९ छ । साथै जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ छ । नतिजा अनुसार पहिलो पटक हरेक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ उल्लेख गरिएको बोर्डले जनाएको छ । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका बोर्डले जनाएको छ । यो वर्गका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन पाउँदैनन् । दुई विषयमा एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
नतिजा बोर्डको वेभसाईटबाट पनि हेर्न सकिन्छ ।
www.neb.gov.np