गैडाकोट।
पृथ्वी, अर्थात माटोलाई पनि हामी भगवान मान्छौं । माटो बीना प्राणी र वनस्पतिको अस्तित्व छैन । तर पछिल्ला समयहरुमा माटो अस्वस्थ्य हुँदै गएको छ । अरु कसैका कारण होईन, मानिसहरुले नै यसलाई विनास गर्दैछन । बढी उत्पादन लिने होडमा रसायनिक प्रयोगले खेतियोग्य जमिन क्षिण हुँदै गएको छ । यो क्रम नरोकिए आगामी ६० वर्षमा विश्वका सबै खेतीयोग्य जमिनहरु मरुभूमिमा परिणत हुने आँकलन गरिएको छ ।
यस्तै भयावह आँकलन मंगलबार पनि गरियो, गैंडाकोटमा । ‘माटो जोगाउँ’ अभियान चलाएका अभियान्ताहरुले आफ्नो ३५ सय किलोमिटर दौडको समापन गर्दै गैंडाकोटबाट माटो जोगाउन विश्वलाई सन्देश दिएका छन् । यो अभियान गत जेष्ठ ३० गतेबाट संचालन गरेका हुन, उनिहरुले । माटो जोगाउने सन्देस पैmलाउन गरिएको ३५ सय किमी दौडमा धावकहरु नविन पुन, सनम लिम्बु, निर्मल श्रेष्ठ र हरिश कैनी रहेका छन ।
दौडको समापन समारोहका प्रमुख अतिथी एवं गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आफ्ना भनाईहरु राख्दै खेतीमा राखिने मल र किटनाशकको मात्र अड्कल्न नजान्दा पनि जमिनको उर्वरा शक्ति क्षीण हुँदै गएको हुन सक्ने बताउनुभयो । त्यसलाई सपार्न के गर्नुपर्छ, कृषकहरुलाई जानकारी छैन, यदि उनिहरुलाई यसबारे जानकारी दिन सके यस्तो ज्ञान हाम्रा लागि पनि उपयोगी हुने नगरप्रमुख अधिकारीको भनाई थियो । ‘सरकारले कति सुन्छ, कति सुन्दैन, त्यो त थाहा छैन, तर यस्तो गम्भिर विषयमा सरकारलाई पनि सुझाव दिन जरुरी छ’ – नगरप्रमुख अधिकारीको तर्क थियो ।
अभियानका प्रमुख धावक नविन पुनले माटोको विनाशकारी अवस्थाको माटोको अवस्थाबारे जानकारी गराउनु र माटोको संरक्षण गर्ने उपायहरु खोज्नु अभियानको उद्देश्य रहेको बताउँदै यो अधियानका क्रममा सांसद र जनप्रतिनिधिहरूको ध्यानाकर्षण गरिएको तथा सबैले माटो जोगाउने कार्यमा आफ्नो प्रतिबद्धता जनाउनुभएकोले अभियान सफल भएको बताउनुभयो ।
वातावरण जोगाउन लाखौं करोडौं रुपियाँ खर्च गरेपनि ब्यालेन्स नभएको जानकारी दिँदै पोषक तत्व लिन नसक्दा माटोको स्वास्थ्यमा समस्या आइरहेको बताउनुभयो । ‘माटो विषाक्त हुँदा जलवायु र वातावरणमा ठूलो असर पार्छ, माटो स्वास्थ्य भयो , अर्थात माटोलाई पनि हामी भगवान मान्छौं । माटो बीना प्राणी र वनस्पतिको अस्तित्व छैन । तर पछिल्ला समयहरुमा माटो अस्वस्थ्य हुँदै गएको छ । अरु कसैका कारण होईन, मानिसहरुले नै यसलाई विनास गर्दैछन । बढी उत्पादन लिने होडमा रसायनिक प्रयोगले खेतियोग्य जमिन क्षिण हुँदै गएको छ । यो क्रम नरोकिए आगामी ६० वर्षमा विश्वका सबै खेतीयोग्य जमिनहरु मरुभूमिमा परिणत हुने आँकलन गरिएको छ ।यस्तै भयावह आँकलन मंगलबार पनि गरियो, गैंडाकोटमा । ‘माटो जोगाउँ’ अभियान चलाएका अभियान्ताहरुले आफ्नो ३५ सय किलोमिटर दौडको समापन गर्दै गैंडाकोटबाट माटो जोगाउन विश्वलाई सन्देश दिएका छन् । यो अभियान गत जेष्ठ ३० गतेबाट संचालन गरेका हुन, उनिहरुले । माटो जोगाउने सन्देस पैmलाउन गरिएको ३५ सय किमी दौडमा धावकहरु नविन पुन, सनम लिम्बु, निर्मल श्रेष्ठ र हरिश कैनी रहेका छन ।