मोदी, पर्बत ।
जिल्लाको मोदी गाउँपालिका वडा नं २, देउपुर कँडेनमा रहेको चापागाई बन्धु समाजको उद्गम स्थलमा कुल मन्दिर, बराह मन्दिर र लक्ष्मी नारायण मन्दिरको उद्घाट्न तथा अन्य बिबिध कार्यक्रमहरू आजबाट शुरु भएको छ ।
अत्रृअनुशैया दत्तात्रय चापागाई सगोत्री समाजको आयोजनामा आज सयौको संख्यामा भक्तजनहरुको उपस्थितिमा मोदी ३ देउराली हरिहर क्षेत्रबाट कलश यात्रा शुरु भई कडेनमा रहेको नबनिर्मित मन्दिरमा आएर उद्घाटन समारोह भएको हाे । मन्दिरको समुद्घाटन पूर्वाङ्ग पूजा, भजन, कृतन बाजागाजा सहित मन्दिर परिसर परिक्रमा गरिएको थियो ।
देशै भरि छरिएर रहेका अत्रृअनुशैया दत्तात्रय चापागाई सगोत्रीहरूलाइ एउटै थलोमा जम्मा गरी भाइचारा सम्बन्ध बढाउने र उद्गम स्थलको प्रचार प्रसार गरी यसको संरक्षण र सम्बर्दन गर्ने उद्धेश्यका आयोजना गरिएको कार्यक्रममा देशका बिभिन्न जिल्लाहरुबाट चापागाई बन्धुहरुको उपस्थिति रहेको छ ।
पण्डितहरुबाट स्वस्तिबाचन गरी शुरु भएको उद्घाटन कार्यक्रममा मोदी गाउँपालिका वडा नं २ का वडाध्यक्ष बिकास तिमिल्सिना, जननेत्र माविका व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाई, समाजका केन्द्रीय सल्लाहकार बलभद्र चापागाई, केन्दीय सदस्य यम प्रसाद चापागाई, चापागाई बंशाबली खोज अनुसन्धान कर्ता योग प्रसाद चापागाई(भोजपुर), ज्योतिष पण्डित डा. भोला नारायण रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बयोबृद्ध ९७ बर्षिय टिकाराम चापागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष परमानन्द चापागाईले गर्नु भएको थियो । कार्यक्रममा सगोत्री समाजका उपाध्यक्ष निलकण्ठ चापागाईले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने संचालन समाजका सचिब सूर्य प्रसाद शर्माले गर्नु भएको थियो ।
तीन बर्ष अगाडि स्थापना भएको समाजमा हालसम्म ३ सय भन्दा बढी आजीबन सदस्यहरु रहेका छन् । समाजले २५ लाख भन्दा बढीको लागतमा देउपुरको कडेनमा रहेको दुई रोपनी जग्गामा मन्दिर, सत्तल लगायतका भौतिक संरचनाहरुको निर्माण गरिसकेको छ ।
कार्यक्रमका तस्बिरहरू








