
पोखरा ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन समितिका अनुसार ७०० मत गणना गरिँदा गण्डकी प्रदेश सभापति पदका उमेदवार शुक्रराज शर्माले ३५२ र उनका प्रतिस्पर्धी अर्जुन जोशीले ३४३ मत पाएका छन् । अब ४४६ मत गन्न बाँकी रहेको बताइएको छ ।
शनिबार पोखरामा भएको मतदानमा कुल एक हजार १६५ मध्ये एक हजार १४६ मत खसेको थियो । शनिबार बिहान करिब १० बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको हो । रातिदेखि मतगणना थालिएको हो ।