राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए ।

मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *