काठमाडौँ ।
काठमाडौँमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
बाग्मती प्रदेशको काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।