कात्तिक २७ गते देखि कोरला नाका सञ्चालनमा आउने

पर्वत ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी साता सञ्चालनमा आउने भएको छ। गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले सो जानकारी दिएका हुन । चिनियाँ पक्षबाट कात्तिक २७ गते नाका सञ्चालनमा आउने जानकारी आएसँगै स्थानीयमा खुशीयाली छाएको उनले बताए।

लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन्।

उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुमतिपत्र वितरण गरिएको छ ।प्रवेश पास भएका नागरिकले जुनसुकै समयमा पनि चीन जानेआउने सुविधा पाउने छन् ।

नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ता कपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *