पोखरा ।
पहिरोमा परेर पोखरामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं-१९ पुरून्चौर तल्लकोट ठाँटीमा पहिरो गई कुल बहादुर परियारको परिवारका सात जनाको मृत्यु भएको छ ।
बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।