पर्वत ।
बिहीबार रातीको भीषण वर्षा सँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको छ । ती बसमा चालकसहित ६५ यात्रु रहेका बताइएको छ ।
आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको जानकारी दिए ।