गणपुरक संख्या नपुगेपछि जलजलाको गाउँसभा स्थगित

पर्वत।

जिल्लाको जलजला गाउँपालिको गाउँसभा स्थगित भएको छ । आइतबार आह्वान गरिएको गाउँसभाको १४ औं अधिवेशनमा गणपुरक संख्या नपुगेपछि सभा स्थगित गरिएको हो ।

नेकपा एमालेबाट निर्वाचित बहुमत गाउँसभाका सदस्यहरु गाउँसभाको अधिवेशनमा अनुपस्थित भएपछि सभा वस्नका लागि आवश्यक संख्या नपुगेकाले वैठक स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । गाउँसभाका अध्यक्ष राजुप्रसाद आचार्यले गणपुरक संख्या नपुगेकाले गाउँसभा स्थगित गरिएको र गाउँसभाको दोस्रो वैठक असार १२ गते आह्वान गरिएको सूचना पढेर सुनाउनुभएको थियो ।

नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्यहरुले नीति तथा कार्यक्रम र बजेटमा सहमति कायम नभएको हुँदा गाउँसभामा अनुपस्थित भएको बताएका छन् ।

गाउँसभाका ४७ सदस्यहरुमा नेकपा एमालेका २७ र नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका गरेर २० जना सदस्यहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *