प्रेस युनियन पर्वतको अधिवेशनमा चौध जना पत्रकार पुरस्कृत

पर्वत ।

­नेपाल प्रेस युनियन पर्वतको छैटौं अधिवेशनको अवसरमा १४ जना पत्रकारहरूलाई पुरस्कृत गरिएको छ । कुश्माकै समाजसेवी हरिप्रसाद जोशीद्वारा स्थापित ‘हरिमखमली प्रेस युनियन पत्रकारिता पुरस्कार, स्थानीय’ अन्तर्गत अगन्धर तिवारी (वर्ष २०७४), रोशन तिवारी ( वर्ष २०७५), साजन परियार (वर्ष २०७६), विष्णु गौतम (वर्ष २०७७), संजय रेग्मी ( वर्ष २०७८), सुमनजंग थापा (वर्ष २०७९) र विशन क्षेत्री (वर्ष २०८०) बाट सम्मान भएका हुन्।

प्रदेशतर्फको पुरस्कारबाट इन्द्रकुमार विकल्प पुरस्कृत भएका छन् भने राष्ट्रियतर्फ बद्री सिग्देल, रमेश पौडेल, गंगाधर पराजुली, दिलीप पौडेल, ओमप्रसाद घायल र छविलाल तिवारी पुरस्कृत भएका छन् ।

स्थानीय र प्रदेश पुरस्कारको राशी प्रतिव्यक्ति नगद १५ हजार छ भने राष्ट्रिय पुरस्कार नगद २५ हजारकाे रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *