पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा रहेको जननेत्र माविमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कानुन सञ्चार तथा प्रदेश सभा मन्त्रालय गण्डकी प्रदेशकाे आयोजनामा शुक्रबार विद्यालयमा “मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानुन तथा अन्य कानुनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम ” सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव धर्मराज कुइकेल, उपसचिव हिमालचन्द्र अर्याल, शाखा अधिकृत खुबिराम पोख्रेल, कानुन अधिकृत प्रतिमा भुसालले सहजीकरण गर्नुभएको थियो । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका करिब १५० जना विद्यार्थीहरुकाे सहभागिता रहेको थियो ।
कार्यक्रमका केहि झलकहरु




