डिमुवा आविमा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

पर्वत ।

जिल्लाको माेदी गाउँ पालिका वडा नँ ६ स्थित  डिमुवा आधारभूत विधालय,डिमुवामा बिहीबार कक्षा नर्सरी देखि कक्षा ५ सम्मका करिव ७० जना वालबालिकाहरुलाई बिधालय पाेशाक र नर्सरी ,एलकेजी तथा युकेजी कक्षाका वालवालिकाहरुलाई अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक बितरण गरिएको छ।

अपुग शिक्षक दरवन्दीका वावजुद विधालयले उत्कृष्ट नतिजा देखाउँदै आइरहेको छ। बजारमा शिक्षा क्षेत्रमा देखियकाे अस्वस्थ प्रतिस्पर्धामा आफुहरु विस्वास नगर्ने तथा आफुहरु ईमानदारीताका साथ आफ्नो कर्तव्य या जिम्मेवारी निर्वाहमा निरन्तर लागिरहने त्यहाँ अध्यापनरत शिक्षक स्टाफहरु वताउछन।

त्यहाँ अध्ययनरत बिधार्थीहरुलाई प्राेत्साहन स्वरुप वितरण गरिएको पाेशाक तथा पाठ्यपुस्तक बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा  बोल्दै माेदी गाउँ पालिका अध्यक्ष  हिरादेवी शर्माले  वर्तमान समयमा सामुदायिक बिधालयकाे शैक्षिक उन्नयनका निम्ति आफुले गर्नसक्ने सहयाेगका लागि कुनै पनि कुरामा कन्जुस्याइँ नगर्ने प्रतिवद्दता समेत ब्यक्त गर्नुभएको थियोे ।

पाेशाक वितरण गर्ने सामाजिक ब्यक्तित्व राजेन्द्र तिवारी तथा पाठ्यपुस्तक साैजन्य गर्नुहुने सामाजिक ब्यक्तित्व विश्वप्रकास प्रसाईले बिधालयका कृयाकलापप्रति सन्तुस्टी व्यक्त गर्दै  अध्ययन अध्यापनका लागि देखिने समस्यामा हरदम सहयाेग गर्ने कुरा अवगत गराउनुभएकाे थियो ।

टिकाराम शर्मा ,शिवराम सुवेदी लगायतका अथितिहरुले समेत मन्तव्य राख्नुभएको कार्यक्रमकाे अध्यक्षता बि.व्य.स.अध्यक्ष प्रकाशजङ् लामिछानेले गर्नुभएको थियोे भने स्वागत मन्तब्य शिक्षक सावित्री लामिछाने र सञ्चालन प्रधानाध्यापक राजेश गिरिले गर्नुभएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *