पर्वत ।
उज्यालो स्वास्थ्य चौकी अभियान अन्तर्गत सोलार बत्ती समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मोदी गाउपालिका वडा नम्बर २ देउपुर स्वास्थ्य चौकीमा सुत्केरी गराउने समयमा बत्ती जाने र स्वास्थ्य कर्मी ,बिरामिलाई समस्या हुने अबस्थाको अन्त्य भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले ससंदीय दलका प्रमुख सचेतक माननीय सांसद पदम गिरीले समुद्घाटन गर्नुभएको हो । गिरीले देश आर्थिक मन्दीले गुर्जीएको बेला व्यापार व्यवसाय घाटामा रहेको र देशमा संकट परेको यस विषयमा आफु पनि गम्भिर रहेको बताउनुभयो । पर्यटनका धेरै सम्भावना रहेको देउपुरलाई व्यबस्थित गर्न पहल गरेको बताउनुभयो । गिरीले स्वास्थय क्षेत्र मानिसको लागि निकै संवेदनशील रहेको र देउपुर स्वास्थ्य चौकीमा सुत्केरी हुने समयमा कुनै पनि महिला वा बच्चालाई बाधा नपुग्ने बताउदै उज्यालो स्वास्थ्य चौकी निर्माणमा सहयोग गर्ने चन्दा दाता जग्गा दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
मोदी गाउपालिकाका अध्यक्ष हिरादेवी शर्माले सुत्केरी गराउदा बत्तिजाने समस्याले सुत्केरी गराउन कठिन भएको अवस्थामा सोलार जडानले अब समस्या नहुने बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अफ पोखरा भद्रकालि र पोखराका अन्य लायन्स क्लबहरुबाट सहयोग भएको छ ।
मोदी गाउपालिका वडा नम्बर २ देउपुरका वडा अध्यक्ष बेल बहादुर कार्कीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन मोदी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले गर्नुभएको थियो भने स्वागत उज्यालो स्वास्थ्य चौकी अभियानका संयोजक देवेन्द्र गिरीले गर्नुभएको थियो ।