पर्वत ।
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन् ।
अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ ।
चार दिन पहिले आफूलाई आर्थिक कारणले मानसिक तनाब भएको भन्दै मेयर नेपाली बिदामा बसेको नगरपालिकाले जनाएको छ ।