मोदी खबर ।
आजभोलि मोबाइल बाटै अनलाइन बैंकिङको प्रयोग गर्ने प्रचलन बढ्दो छ । मोबाइल बैंकिङ वालेटमार्फत सम्पूर्ण कारोबार गर्न सकिन्छ । मोबाइलमै सामाजिक सञ्जाल, इमेल, बैंक खाताको आईडी-पासवर्ड सेभ गरेर राख्ने धेरैको बानी हुन्छ । आजभोलि मोबाइल बैंकिङ ह्याक गरेर रकम झिकिएका घटना पनि निकै बढेका छन् । मोबाइल चलाउने व्यक्तिले धेरै सावधानी अपनाउनुपर्छ ।
मोबाइल कतै हराए वा चोरी भयो भने मानिसहरु निकै तनावमा हुन्छन् । ठूलो नोक्सानी नै व्यहोर्नुपर्ने हुन्छ । कहिले काँही त नगरेको अपराधको समेत भागीदार बन्नु पर्छ । त्यसोभए मोबाइल हराएमा के गर्न सकिन्छ त ?
आउनुहोस् केही सुरक्षाका उपाय बारे जानकारी राखौ ।
१. मोबाइल चोरी भएमा तुरुन्तै नजिकको प्रहरी चौकीमा गएर उजुरी दिनुपर्छ । त्यसपछि उजुरीको प्रतिलिपि लिन नबिर्सनुहोस्, ताकि यदि तपाईंको मोबाइल दुरुपयोग भयो भने तपाईं सुरक्षित रहन सक्नुहुन्छ ।
२. तत्काल मोबाइलको सिम ब्लक गर्नुपर्छ । यदि तपाईंले यसो गर्नुभएन भने तपाईंको नम्बरको दुरुपयोग पनि हुन सक्छ। तपाईंले आफ्नो सिम नेटवर्कको ग्राहक सेवामा कल गरेर नम्बर ब्लक गर्न सक्नुहुन्छ ।
३. तपाईंको सबै पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस् । उदाहरणका लागि अनलाइन बैंकिङ पासवर्ड र सोसल मिडियाजस्ता महत्त्वपूर्ण पासवर्डहरू परिवर्तन गर्न नबिर्सनुहोस् । अन्यथा तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।
४. आफ्नो अन्य डिभाइसमा लगइन गर्नुहोस् । इमेल र अन्य एपमा लगइन गर्नुहोस्। ताकि अरू कसैले कतै लगइन गर्न नपाउन्।
५. आफ्नो मोबाइलको कुनै पनि एपमा पासवर्ड स्वतः सेभ हुने गरी नराख्नुहोस् । स्क्रीन लक गर्न नभुल्नुहोस् । कति पय सामाजिक सञ्जालका एप्लिकेशन प्रयोग गर्दा टु फ्याक्टर अथेन्टीकेशन राख्नुहोस् । ताकि सजिलै ह्याक नहोस् ।