पर्वत ।
कुश्मा नगरपालिकाको चुवा र खरेहाको बीचमा पर्ने तमादी खोलामा शनिबार साँझ आएको बाढिले बगाएको जीप फेला परेको छ ।
बागलुङ बाट कुश्मा हुदै पोखरा जादै गरेको ग १ ज ६२१३ नम्बरको जीपलाई बाढिले बगाएको थियो।
उत्त जीप पुरिएको अवस्थामा मोदी खोला भन्दा केहि माथि जम्बुर भन्ने ठाउमा फेला परेको पर्वत प्रहरीले जनाएको छ ।
जीपमा सवार यात्रुको अबस्था भने अझै अज्ञात छ। जीप पुरिएको अबस्थामा फेला परेको र उद्दार कार्य जारी रहेको प्रहरीले बताएको छ ।